बचतमा एनएमबि बैंकको आकर्षक ब्याजदर, अनलाइनबाटै खाता खोल्न सकिने

काठमाडौं । हाल साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबि बैंकले आकर्षक ब्याज प्रदान गरीरहेकोे छ ।

बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उदेश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ जुन बााणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक हो । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ ।

हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिएता पनि एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उद्घेश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

footwear exchange
You might also like

Comments are closed.