काठमाडौं । एनएमबि बैंकले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै नेपालका पर्यटन व्यवसायीका लागि डिजिटल भुक्तानीलाई थप सहज बनाउने उद्देश्यका साथ ‘सफ्ट पस’ सेवाको विस्तार गरेको छ।
पाटा नेपाल च्याप्टर र भिसासँग त्रिपक्षीय सम्झौता गर्दै बैंकले एनएमबि सफ्ट पस प्रयोगलाई पर्यटन क्षेत्रका विभिन्न संस्थानमा लागू गर्ने तयारी गरेको हो। सफ्ट पस एक नवीन डिजिटल भुक्तानी प्रविधि हो, जसले व्यवसायीहरूलाई कुनै भौतिक मेसिनको आवश्यकता बिना नै एनएफसी–सक्षम एन्ड्रोइड स्मार्टफोनमार्फत कार्ड भुक्तानी स्वीकार गर्न सक्षम बनाउँछ।
पाटा नेपाल च्याप्टरले होटल, ट्राभल एजेन्सी, एयरलाइन्स लगायत पर्यटन क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई प्रतिनिधित्व गर्दै आएको छ। यस सहकार्यमार्फत एनएमबि बैंकले पाटा सदस्यहरूलाई प्रविधिमैत्री बनाउँदै उनीहरूको भुक्तानी प्रक्रिया अझ छिटो, सुरक्षित र सरल बनाउन लक्ष्य लिएको छ।
एनएमबि सफ्ट पसको प्रयोगले व्यापारी तथा सेवा प्रदायकहरूले ग्राहक र पर्यटकहरूबाट सजिलै डिजिटल भुक्तानी लिन सक्नेछन्। यसले डिजिटल कारोबारको मात्रा वृद्धि गर्नुका साथै वित्तीय पहुँच विस्तार र पर्यटन क्षेत्रमा आधुनिक डिजिटल भुक्तानीको स्वीकार्यता बढाउन सहयोग गर्ने बैंकको विश्वास छ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८४ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंक, पाटा नेपाल च्याप्टर र भिसाको संयुक्त प्रयासले नेपालका पर्यटन व्यवसायहरूलाई डिजिटलाइजेशनतर्फ अघि बढाउने अपेक्षा गरिएको छ।




Comments are closed.