काठमाडौं । एनएमबि बैंकले आफ्नो क्रेडिट कार्ड सेवालाई थप सहज, डिजिटल र प्रयोगमैत्री बनाउने उद्देश्यसहित ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ। नयाँ सुविधामार्फत एनएमबि क्रेडिट कार्डधारकहरूले रु. ५,००० भन्दा माथिको कुनै पनि खरिद रकमलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (EMI) मा रूपान्तरण गर्न सक्नेछन् ।
ग्राहकहरूले आफ्नो खरिद बिल तथा POS स्लिप खरिद भएको मितिबाट १० दिनभित्र eNMB मोबाइल एप वा बैंकको वेबसाइटमा उपलब्ध ‘इन्स्टा बाइ’ पोर्टलमा अपलोड गरेलगत्तै EMI सेवा सक्रिय हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
न्युनतम शुल्क तथा आकर्षक ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने, शाखा धाउन नपर्ने जस्ता सुविधाका कारण स्वास्थ्य सेवा, यात्रा, लाइफस्टाइल, चाडपर्व वा अन्य आवश्यकताका खर्चहरू सहज व्यवस्थापन गर्न ‘इन्स्टा बाइ’ उपयोगी हुने बैंकको विश्वास छ ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।




Comments are closed.