एनएमबि लघुवित्तको २ दिने बजेट योजना तथा ब्यवसायिक रणनीतिक कार्यशाला सम्पन्न

पोखरा ।एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रादेशिक स्तरिये बजेट योजना तथा ब्यवसायिक रणनीतिक कार्यशाला पोखरामा आयोजना गरेको छ ।
यही वैशाख ५ र ६ गते गरेर दुई दिन सम्म चलेको कार्यक्रमको उद्धघाटन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले गरेका थिए । पाण्डे कार्यशालाको उदेश्य र महत्वबारे प्रकाश परेका थिए ।

यस कार्यशालामा ७ वटै प्रदेशका प्रादेशिक कार्यालय र सो अन्तगर्तका क्षेत्रीय स्टेशनहरुको लक्ष्य÷प्रगति, भावि योजना, अनुभव आदान प्रदान, आर्थिक वर्ष २०७९/०८० असार मसान्तको प्रोजेक्सन र आगामी आर्थिक वर्ष २०८/०८१ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा ब्यवस्थापन, शाखा संचालन व्यवस्थापनमा प्रादेशिक प्रमुख, क्षेत्रीय प्रवन्धकको भूमिका, शाखा अनुगमन, ब्यवसायिक रणनीति÷कृषिमा आधारित नयाँ कर्जा प्रोडक्ट सम्वन्धि विषय मा छलफल भएको थियो ।

jutta mela

यसका साथै ग्राहक पहिचान तथा बचत खाता ब्यबस्थापन, भाखा नाघेको कर्जा ब्यवस्थापन, जनशक्ति ब्यवस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी ब्यवस्थापन, इन्टनल कनटेल अडिट सिस्टम, निरिक्षणका क्रममा देखिएका कैफियतहरु र ग्राहक सदस्यहरु संग गर्ने व्यवसायिक व्यवहार र सम्बन्ध लगायत समसामयिक विषयवस्तुमा विभागिय प्रमुखवाट प्रशिक्षण दिईएको थियो
उक्त कार्यशालामा संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशी, केन्द्रीय कार्यालयवाट सवै विभागिय प्रमुखहरु तथा विभागमा आवद्ध कर्मचारीहरु, ७ वटै प्रदेशका प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख र प्रादेशिक कार्यालय अन्तगर्तका क्षेत्रीय स्टेशनमा कार्यरत क्षेत्रीय प्रवन्धकहरु गरी करिव ४५ जना

६८ जिल्लामा १४८ वटा शाखा उपशाखा र ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय विस्तार गरी करिब एकलाख विस हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गदै आएको छ ।

You might also like

Comments are closed.