काठमाडौं । बाढीप्रभावितको राहत तथा उद्धारका लागी एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट १० लाख ११ हजार १ सय ११ सहयोग प्रदान गरेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षति ब्यहोरेका बाढी प्रभावितको राहत तथा उद्धारका लागी सो सहयोग गरेको लघुवित्तले जनाएको छ ।
यस विपद्को कठिन घडीमा प्रभावित नागरिक एवं परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो सहयोग प्रदान हो ।
विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारबाट भइरहेको प्रयासमा संस्थाको यो सहयोगले केही हदसम्म योगदान पुग्ने विश्वास लिइएको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।
अकल्पनीय क्षति ब्यहोरेका बाढीपिडितको परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्का क्रममा ज्यान गुमाउने सम्पूर्णप्रति लघुवित्तले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
यस प्राकृतिक विपद्का कारण सर्वसाधारण नागरिक तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले भोग्नुपरेको पीडा, कठिनाइ र असहज परिस्थितिप्रति संस्थाले सहानुभूति प्रकट गरेको छ । प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा संलग्न सम्पूर्ण सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, संघसंस्था तथा स्वयंसेवीलाई संस्थाको तर्फबाट उच्च सम्मान तथा धन्यवाद व्यक्त गरेको छ ।



Comments are closed.