काठमाडौं । नेपाल लघुवित्त बैकर्स संघ (एनएमबिए)को अध्यक्षमा लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न १५औं साधारण सभाले शर्माको नेतृत्व्मा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मिनबहादुर बोहोरा, महासचिवमा राजबहादुर यादव, कोषाध्यक्षमा प्रेमबहादुर पाठक र सचिवमा केशवकुमार पौडेल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा श्रीराम पोखरेल, बिमला योगी, विनोद आचार्य, ब्रदीप्रसाद हुलाल, प्रविन कुमार लामा र गंगाधर पाण्डे छन् ।
Comments are closed.