एनएमबिका ग्रहकहरुलाई भाटभटेनी धनगढीमा १० प्रतिशत छुट

काठमाडौं । एनएमबि बैंकका ग्रहकहरुले भाटभटेनी धनगढीमा १० प्रतिशत छुट पाउने भएका छन् । एनएमबि बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी ENMB (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा बैंकका ग्राहकहरूले १० प्रतिशत वा ५ सयसम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको छ ।

यो योजना २६ जुन, २०२२ देखि सीमित अवधिको लागि प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हँुदैछ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको हो । यो अभियान मुख्यतया धनगढीमा एनएमबि ग्राहकहरुलाई लक्षित गरी ल्याइएको हो । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो ।

MANASLU

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...