एनएमसीलाई उत्कृष्ट डेरीको सम्मान

झापा । सहकारीको माध्यमबाट दूध उत्पादनको क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन सफल झापाको एनएमसी डेरी सम्मानित भएको छ । उत्कृष्ट डेरीको सम्मानबाट उद्योग सम्मानित भएको हो । लामो समयदेखि दुग्ध क्षेत्रमा संलग्न रही दुग्ध व्यवसायको क्षेत्रमा पुर्याएको योगदानबापत राष्ट्रिय दुग्ध विकास बोर्डबाट डेरी सम्मानित भएको हो ।

विश्व दूध दिवस २०२४ को अवसरमा झापामा आयोजित कार्यक्रमबाट डेरीले सम्मान प्राप्त गरेको हो । एनएमसी संस्थाका वरिष्ठ उपाध्यक्ष तथा डेरी व्यवसाय समितिका संयोजक भगवती घिमिरे र डेरी व्यवसायका प्रशासनिक प्रमुख नवराज अधिकारीले कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहको हातबाट सम्मान ग्रहण गरेका हुन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) द्वारा झापामा सञ्चालित एनएमसी डेरीले नेपालका उत्कृष्ट डेरी मध्यमा पर्न सफल छ । यस पटकको दूध दिवसमा केन्द्रीय स्तरको कार्यक्रम पनि एनएमसी एग्रो फार्ममै भएको हो ।

सम्मानले डेरी क्षेत्रमा थप सक्रियताका साथ काम गर्नका लागि सहकारी र एनएमसी परिवारलाई प्रेरणा मिलेको सहकारीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले बताए ।

You might also like

Comments are closed.