पेट्रोलियम पाइपलाइनमा भारतको १५ अर्ब अनुदान, झापा र चितवनमा स्मार्ट ग्रीनफिल्ड टर्मिनल बन्ने

काठमाडौं । नेपालमा पेट्रोलियम पाइपलाइन विस्तारमा भारतले सहयोग गर्ने भएको छ । सो अनुदानका सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको छ।

भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।

त्यस्तै नेपालको अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण हुनेछ ।

jutta mela

चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने पनि सम्झौता भएको छ । उल्लेखित परियोजनाहरुमा भारत सरकारको करिव १५ अरब रुपैयाँ अनुदान सहयोग रहने सम्भाmैतामा भएको छ ।

नेपाल आयल निगम लि. का कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशन लि. का डाइरेक्टर सेन्थल कुमारका बीच भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेशन लि. का चियरमेन भि. सतिस कुमारको उपस्थितिमा पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण कार्यका लागि बि टु बि फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर भएको नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल आयल निगम लि. र इण्डियन आयल कर्पोरेशन लि. का पदाधिकारीहरुको उपस्थितिमा सम्झौता भएको हो । सो सम्झौताका विषयमा छिट्टै पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराइने निगमले जनाएको छ।

You might also like

Comments are closed.