प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल आयल निगमको ३ करोड

काठमाडौं । नेपाल आयल निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेकोछ । बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत तथा पुनस्र्थापनामा सहयोग गर्ने उद्देश्यले सहयोग गरिएको निमगले जनाएको छ ।

निगमले उक्त रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरी कोषमा जम्मा गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरिएको निगमले जनाएको छ ।

You might also like

Comments are closed.