‘रेनल्टको ट्राइभरबाट धेरै आशा गरेका छौं’

नुरज बाटाजू
निर्देशक, जोन्छे ट्रेडर्स, पोखरा

रेनल्टका कुन कुन मोडलहरु बजारमा छन् ?
रेनल्टका मोडलहरुमा रेनल्ट क्वीड छ । जुन ५ सिटरको छ । यो ह्याच ब्याक गाडी हो । रेनल्टको २ मोडलमा एसयुभी छ । रेनल्ट डस्टर र रेनल्ट क्याप्चर । रेनल्ट क्याप्चर लक्जरियस टाइपको गाडी हो । रेनल्ट डस्टर अफरोडका लागि उपयुक्त छ । रेनल्ट डस्टरमा फोर ह्वील पनि भएकाले अफ रोडको लागि धेरै रामो छ ।

नयाँ मोडल पनि आउँदैछ कि ?
हो रेनल्टले चाँडै नयाँ मोडल रेनल्ट ट्राइभर ल्याउँदैछ । रेनल्ट ट्राइभरका लागि दशैंको बुकिङ खुल्यो । हामीले पोखरामा पनि बुकिङ लिन थालिसकेका छौं । दशैं र तिहारको बिचमा आउँदैछ रेनल्ट ट्राइभर । रेनल्ट ट्राइभर रेनल्ट क्वीड र रेनल्ट डस्टरको बिचको गाडी हो । यसलाई कमब्याक एसयुभी भनेर कम्पनीले प्रवद्र्धन गरेको छ । यो सेभेन सिटर गाडी हो । सेभेन सिटर भएपनि पछिल्लो भागमा रहेको २ वटा सिट पुरै निकाल्न पनि सकिन्छ । त्यसैले यो ह्याचब्याक पनि भयो । ह्याचब्याक वीथ सिक्स हन्ड्रेड २५ लिटर बुथ स्पेस भनेको सेगमेन्टमै सबैभन्दा ठूलो हुन जान्छ ।

jutta mela

रेनल्टका गाडीहरुको मूल्य कति कति पर्छ ?
रेनल्ट क्वीडको मूल्य न्यून छ । यसको मूल्य २३ लाख रुपैयाँ छ । रेनल्ट डस्टरको भने ३७ लाख पर्छ । त्यस्तै रेनल्ट क्याप्चरको ४७ लाख छ भने नयाँ आउने रेनल्ट ट्राइभरको २८ देखि ३० लाख रुपैयाँको बिचमा पर्छ ।

रेनल्टमा दशैं अफर के छ ?
रेनल्टका गाडीहरुमा दशैं अफरका रुपमा शुभ दिन छ भनेर अफर दिइएको छ । यसमा ६ वटा अफरहरु छन् । पहिलो ५ लाख रुपैयाँसम्मको क्यास ब्याक, दोश्रो फ्रि इन्सुरेन्स, तेश्रो फ्रि एसेसरिज, चौथो लोयल्टी बोनस पनि छ, पाचौं एक्स्चेञ्ज बोनस र छैटौंमा ५ वर्षे वारेन्टी छ । यी बाहेक सबै गाडीहरुमा स्पेसल अफरपनि दिन्छौं ।

रेनल्टका विशेषताहरु चाहिं केके हुन् ?
रेनल्ट फ्रेञ्च ब्राण्ड हो । तर दक्षिण एसियाको बाटो सुहाउँदो गाडीहरु ल्याएको छ । यी गाडीहरु नेपालका बाटाहरुलाई नै टार्गेट गरेर पनि बनाइएको छ । यो धेरै लक्जरियस पनि होइन । यो मिडल सेगमेन्ट हो । रेनल्ट क्वीडका मोडलहरु नेपाल र भारतको केही क्षेत्रलाई नै लक्षित गरेर पनि बनाएको छ ।

रेनल्ट क्वीड फंकी टाइपको गाडी हो । यो सबैलाई मिल्दो छ । अटोमेटिक गाडी अलि पाको उमेर भएकाहरुलाई टार्गेट गरेर निर्माण गरिएको हो । विदेश बस्ने र मोर्डन खोज्नेलाई पनि यो उपयुक्त हुन्छ ।

रेनल्टको ब्यापार कस्तो छ ?
समग्रमा हेर्दाखेरी ब्यापार घटेकै छ । विश्वमै अटोको ब्यापार घटेको अवस्था हो अहिले । त्यसको असर नेपालमा पनि देखिएको छ । नयाँ लञ्च रेनल्ट ट्राइभरका कारण र दशैं अफरले रेनल्टको बिक्री र बुकिङले पिकअप लिएको छ । हामी धेरै नै आशावादी छौं नयाँ मोडल रेनल्ट ट्राइभरबाट ।

You might also like

Comments are closed.