काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विशेष छुटमा ‘तीज प्याकेज विथ म्यामोग्राम अफर’ ल्याएको छ । महिलाहरुलाई लक्षित गरी हस्पिटलले सो अफर ल्याएको हो ।
१३ हजार ४ सय ३० रुपैयाँ खर्च लाग्ने म्यामोग्राममा तीज अफर अन्तर्गत ९ हजार ९ सय ९९ रुपैयाँमा गर्न पाउने भएका छन् ।
प्याकेजमा र्याण्डम सुगर, युरिक एसिड, लिपिड प्रोफाइल, युरिया, क्रिएटिनिन, हेमाटोलोजी प्रोफाइल, इसिजी, चेष्ट पिए, अल्ट्रा साउण्ड, युरिन रुटिन, म्यामोग्राफी डबल लगायतको परीक्षण गर्न सकिनेछ । अफर १० सेप्टेम्वरदेखि २३ सेप्टेम्वरसम्म लागु हने हस्पिटलले जनाएको छ ।
Comments are closed.