सरकारद्वारा ६ महिनामा ५७६ अर्ब ३५ करोड खर्च

काठमाडौं ।  संघीय सरकारको ६ महिनाको अवधिमा ५७६ अर्ब ३५ करोड खर्च भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/ ८० को ६ महिनाको समीक्षा अवधिको विवरण अुनसार संघीय सरकारको कुल खर्च ५७६अर्ब ३५ करोड रहेको छ ।

जसमा समीक्षा अवधिमा चालु खर्च रु ४५५ अर्ब १३ करोड, पूजी खर्च, रु ५३ अर्ब ४६ करोड, वित्तीय व्यवस्था खर्च ६७ अर्ब ७७ करोड खर्च भएको विवरणमा देखाइएको छ ।

jutta mela

त्यस्तै, यस अवधिमा संघीय सरकारको कुल राजस्व परिचालनमा ४५८ अर्ब ९९ करोड भएको छ । जसमा कर राजस्वतर्फ ४०५ अर्ब २७ करोड र गैरकर राजस्व तर्फ ५३ अर्ब ७२ करोड परिचालन भएको विवरणमा उल्लेख गरिएको छ ।

नेपाल सरकारको नगद मौज्दात
२०७९ पुस मसान्तसम्ममा नेपाल सरकारको नगद मौज्दात जम्मा रु १९९ अर्ब १५ करोड रहेको छ । २०७९ असार मसान्त सम्ममा यस्तो मौज्दात २३२ अर्ब ५३ करोड रहेको थियो । सरकारको नगद मौज्दातमा कमी आएको छ ।

प्रदेश सरकारको खर्च तथा राजस्व

प्रदेश सरकारको यस अवधिमा कुल खर्च ४७ अर्ब ४३ करोड रकम रहेको छ । यस अवधिमा सरकारको स्रोत परिचालन ७५ अर्ब ५३ कारोड रकम  रहेको छ । यस अवधिमा संघीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँड हुने साजस्व समेत गरी ५६ अर्ब ५४ करोड छ भने प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट १८ अबए ९९ करोड संकलन भएको छ ।

You might also like

Comments are closed.