राष्ट्र बैंकले मुद्दती निक्षेपमा २४ करोड लगानी गर्दै

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा २४ करोड रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै मुद्दती निक्षेपमा २४ करोड रुपैयाँ बराबरको रकम लगानी गर्न लागेको जानकारी दिएको छ ।

बैंकले बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रूपैयाँ बराबरको रकम ३६६ दिनको अवधिका लागि (२०७९ साल फागुन ५ गतेदेखि २०८० साल फागुन ५ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हाे ।

त्यस्तै, बैंकले क वर्गका वाणिज्य बैंकहरूमा १९ करोड २० लाख रूपैयाँ, ख वर्गको विकास बैंकहरूमा ३ करोड ६० लाख रूपैयाँ र ग वर्गका वित्त कम्पनीहरूमा १ करोड २० लाख रूपैयाँ बराबरको रकम लगानी गर्न लागेको सूचनामा जानकारी दिएको छ ।

jutta mela

उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले आजाबाट माघ २७ गते बिहान १० बजेदेखि राति ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश  गर्न बैंकले अनुरोध गरको छ ।

You might also like

Comments are closed.