काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शुक्रबार सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश अधिकांश व्यवस्थालाई अर्धवार्षिक समीक्षमा निरन्तरता दिएको छ । त्यस्तै, राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग-व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकले अर्धवार्षिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको को बैंक दरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाउने भएको छ ।
यस्तै, राष्ट्र बैंकले २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा÷ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था लागू गरेको छ ।
साथै सेयर धितो कर्जामा तोकिएको १२ करोडको सीमा व्यवस्थालाई राष्ट्र बैंकले यथावत राखेको छ ।
यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा :
Comments are closed.