काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८मा संशोधन तथा थप गरेको छ । कन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार राष्ट्र बैंकबाट इजाजतपत्र पाप्त पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन तथा थप गरिएको जानकारी दिएको हो ।
यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले ऋणीको धितो लिलामीका लागि सूचना जारी गर्दा व्यक्तिको फोटो छाप्न नपाउने राष्ट्र बैंकले बैंक एकिकृत निर्देशन जारी गरेको छ ।हाल बैंकहरुले धितो लिलामीका लागि सूचना सार्वजनिक गर्दा व्यक्तिहरुको विवरण फोटोसहित पत्रपत्रिकामा सार्वजनिक गर्दै आएका थिए तर अब नपाउने भएका छन् ।
त्यस्तै, केन्द्रीय बैंकले व्यक्तिगत निक्षेपकर्ताका हकमा भने कम्तीमा ३ महिना अवधिको मुद्दति खाता हुनुपर्ने पुरानै व्यवस्था यथावत राखिएको छ ।
निर्देशनमार्फत अब कुनै पनि संस्थागत निक्षेपकर्ताले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दतिमा निक्षेप जम्मा गर्दा कम्तीमा ६ महिना राख्नैपर्ने भएको छ । हालसम्म संस्थाहरुले कम्तीमा ३ महिना अवधिसम्म मुद्दति निक्षेपमा रकम राख्न पाउने व्यवस्था थियो ।
Comments are closed.