काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल आज हुने भएको छ । राष्ट बैंकले फागुन १० गते बुधबार बिक्री गर्ने उक्त ट्रेजरी बिलको बोलकबोल साेमबार दिउँसो ३ बजेबाट बोलकबोल सुरु गर्न लागेको हो ।
बैंकले उक्त ट्रेजरी बिल यसअघि नै जारी गरेको सूचना अनुसार २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा विक्री गर्न लागेको हो ।
कुल ट्रेजरी बिलमध्ये ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाइसकेको छ ।
खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । केन्द्रीय बैंकले फागुन २ गते ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
Comments are closed.