काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा ब्याजदर सर्तहरुको बारेमा पूर्ण जानकारी लिन आग्रह गरेको छ ।
राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर कर्जाको उपयोग गर्न भनेको हो । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क तथा ब्याजदरमा ऋणिहरुको गुनासो बढी आउनथालेपछि राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएकाे छ, ‘स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन। निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ र यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर पर्न दिँदैन ‘।
निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने बैंकले जनाएको छ। बैंकले ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्नेमा सचेत गराइएको छ ।
Comments are closed.