राष्ट्र बैंकले २५ अर्बको सरकारी ट्रेजरी खरिदका लागि आज बोलकबोल गर्दै

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको सरकारी ट्रेजरी बिलको सोझै खरिदका लागि बोलकबोल गर्दैछ ।

बैंकले २०८० असार मसान्तसम्म भुक्तानी मिति भएको उक्त ट्रेजरी बिलको  बिहीबार बोलकबोल गर्न लागेको हो । ट्रेजरी बिलको बोलकबोल बोलकबोलका लागि बिहान १० बजेदेखि पहरान्ह ३ बजेसम्मका लागि समय तोकिएको छ ।

सोझै खरिद बोलकबोलको रकम बाँडफाँट गर्दा बोल बमोजिमको वार्षिक प्रतिफल दर (यड रेट) गणना गरी सबभन्दा बढी प्रतिफल दर बोल गर्ने काउण्टर पार्टीलाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने बैंकले जनाएको छ ।

jutta mela

तर समान वार्षिक प्रतिफल दर भएमा बोलपत्रहरुको रकम समावेश गर्दा कूल निष्काशित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रुपमा (प्रो–रेट बेसिस्) बाँडफाँड गरिने बैंकले जनाएको छ ।

ट्रेजरीको खरिद भने चैत १७ गते शुक्रबार हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्था, आम लगानीकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।

 

 

You might also like

Comments are closed.