नेराबैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।

त्यसमा कूूल दुई अर्ब २३ करोड ३२ लाख रुपैयाँ ९१ दिने अवधिको हो । यस्तै १२ अर्ब ४७ करोड रुपैयाँ कूल १८२ दिनका लागि र ११ करोड रुपैयाँ भने कूल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।

You might also like

Comments are closed.