इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्भिसेज संचालनमा, ब्रान्ड एम्बेष्डरमा नम्रता

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश चाहने विद्यार्थीलाई लक्षित गरी इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्भिसेज संचालनमा आएको छ । कन्सल्टेन्सीको नेपाल कार्यालय आइतबार उद्घाटन गरिएको छ । इक्यानका अध्यक्ष प्रकाश पाण्डेले कार्यालयको उद्घाटन गरेका हुन् ।

यसैबीच, कन्सल्टेन्सीको ब्रान्ड एम्बास्डरमा कलाकार नम्रता सापकोटालाई नियुक्त भएकी छन् ।

एम्बास्डर नियुक्त भएसँगै उनले कन्सल्टेन्सीको प्रचारप्रसारमा सक्रिय भएकी छन् । अध्ययनका लागि विदेश जाने निर्णय गर्दा जिन्दगीको स्वर्णिम चिजहरु जम्मा गरेर आफ्नो जिन्दगी अगाडि बढाउनुपर्ने सापकोटाको भनाई छ । ‘अब मेरो हरेक बोलीमा कसैको जीवन र करिअर जोडिएको हुनेछ, त्यसैले यो जिम्मेवारी एकदमै गाह्रो छ । विद्यार्थीहरुलाई सही मार्गनिर्देशन गर्न म सञ्चालकहरुलाई सधैं झकझकाइरहनेछु,’ उनले भनिन् ।

इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्भिसेजका निर्देशक हिरा कँडेल, नेपाल एमडी हरि प्रपन्न कँडेल र अष्ट्रेलिया निर्देशक हरि सापकोटा रहेका छन् ।

You might also like

Comments are closed.