काठमाडौं । उपत्यकामा नेपाल टेलिकमको फाइबर सेवामा समस्या देखिएको छ । साथै, नेपाल टेलिकमले संरचना निर्माण वा विस्तार गर्दा सम्बन्धित निकायहरुबीच समन्वय र सहकाय गर्न अनुरोध गरेको छ ।
टेलिकमले एक प्रेस विज्ञप्ति जारी गर्दै टेलिकमले उपत्यकामा नेपाल टेलिकमको फाइबर सेवामा समस्या देखिएको र संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता रहेको बताएको हाे ।टेलिकमले आफ्नो पुनः सेवा सुचारु गर्न केही समय लाग्नसक्ने सम्भावना रहेकाले ग्राहकलाई पुगेको असुविधाप्रति क्षमा मागेको छ ।
त्यस्तै, नेपाल टेलिकमले दूरसञ्चार अत्यावश्यक र संवेदनशील सेवा समेत भएकोले सबै सम्बन्धित पक्ष तथा आम सर्वसाधारणमा निरन्तर सेवा प्रवाहमा साथदिन अनुरोध समेत गरेको छ ।
”नेपाल टेलिकमले ग्राहकवर्गलाई सेवा प्रदान गर्नको लागि अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी सेवा सञ्चालन गरिरहेको छ । सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनामा क्षति पुग्ने गरेको छ । यसले गर्दा वर्तमान समयमा दूरसञ्चार सेवाहरु प्राप्त गर्नबाट तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ ।काठमाडौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, किर्तिपुर लगायत विभिन्न स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्न गई फाइवर सेवामा अबरुद्ध भई सेवाबाट वञ्चित हुन परेको ” टेलिकमले टेलिकमले विज्ञप्तिमा भनेकाे छ ।
Comments are closed.