नागार्जुन नगरपालिकामा टेलिकमको फाइबर सेवामा समस्या

काठमाडौं ।काठमाडौं उपत्यकाको नागार्जुन नगरपालिकामा नेपाल टेलिकमको फाइबर सेवामा समस्या देखिएको छ ।नेपाल टेलिकमले विज्ञप्ति जारी गदै हिजोदेखि काठमाडौ उपत्यकाकाको नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित गुम्बाचोकमा वडा कार्यालयले केबल व्यवस्थापन गर्ने सिलसिलामा कम्पनीका संरचनामा क्षती पुगेकाले सेवामा समस्या आएको बताएको छ ।

साथै, वडा कार्यालयले केबल व्यवस्थापन गर्ने सिलसिलामा एरियल केबलमा क्षति पुगेकाले गुम्बाचोकका सयौं यस कम्पनीका सेवाग्राही एक्कासी टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवाबाट वञ्चित हुनुपरेको छ ।

नेपाल टेलिकमले पटक पटक दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन पूर्वाधार निर्माण र केबल व्यवस्थापनका कार्यहरु सम्पन्न गर्नका लागि सहयोग र समन्वयका लागि अनुरोध गरिरहँदा पनि कम्पनीका पूर्वाधारमा क्षति पुर्याई अत्यावश्यक सेवाहरु अवरुद्ध गरिएको प्रतिकम्पनी दुख व्यक्त गरेको छ ।

साथै, अत्यावश्यक सेवाका रुपमा रहेका दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन अन्य कार्यहरु सम्पन्न गर्नको लागि कम्पनीसँग सहकार्य र समन्वय गर्न पनि सम्बन्धित सबै निकायसँग टेलिकमले पुनः अनुरोध समेत गरेको छ ।सेवा प्रवाहमा समस्या आएको सो क्षेत्रमा कम्पनीले यथासम्भव छिटो मर्मत कार्य सम्पन्न गर्ने तयारी गरेको समेत जानकारी दिएको ।

नेपाल टेलिकमले अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी अत्याधुनिक दूरसञ्चार सेवाहरु सुलभ दरमा उपलब्ध गराइरहेको छ । अन्य विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेकाले सेवा अवरुद्ध हुँदै आएको जनाएको छ ।

You might also like

Comments are closed.