टेलिकमको सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज

काठमाडौं– नेपाल टेलिकमले यस क्रममै आजदेखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको जानकारी दिएको छ ।

नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर ल्याइएको हो । ६३६ रुपैयाँमा उपलब्ध हुने यो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने र अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने कम्पनीको भनाइ छ । यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत छ ।

त्यसैगरी प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा रहेको टेलिककमले जानकारी दिएको छ ।

 

You might also like

Comments are closed.