७७ वटै जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच

काठमाडौं । मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । कम्पनीको फोरजी सेवा १८०० मेगाहर्ज (व्याण्ड ३) र ८०० मेगाहर्ज (व्याण्ड २०) मा उपलब्ध रहेको जनाएको छ । तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भुगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा १८०० मेगाहर्ज व्याण्डमार्फत फोरजी सेवा उपलब्ध भइरहेको टेलिकमले जनाएको छ।

फोरजी मोबाइल सेवाका कुनैपनि प्रयोगकर्ता एउटा व्याण्डको फैलावट क्षेत्रबाट अर्को व्याण्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र १८०० मेगाहर्ज दुवै व्याण्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिन्छ ।

‘नेपाली बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले १८०० मेगाहर्ज व्याण्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउन सक्ने भएपनि केही मोबाइल सेटले ८०० मेगाहर्ज व्याण्डबाट प्रसारित फोरजी सेवालाई ग्रहण नगर्ने पाइएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘दुवै व्याण्डमा चल्ने मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ । यस्तो समस्या आएपछि कम्पनीको फोरजी सेवाको गुणस्तर राम्रो नभएको भ्रम ग्राहकवर्गलाई हुने गरेको पाइएको छ ।’

jutta mela

यो समस्या हल गर्न फोरजी सेवाका ग्राहकवर्गले आफ्नो मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ । मोबाइल सेटको सेटिङमा गई मोबाइल नेटवर्कको अप्सन भित्र 2G Only/3G Only/3G-2G (Auto Connect)/LTE-3G-2G (Auto Connect) जस्ता विकल्पहरुमध्ये LTE-3G-2G (Auto Connect) Option छनौट गर्नु उपयुक्त हुन्छ ।

You might also like

Comments are closed.