नेपाल टेलिकमको लिज कनेक्टिभिटीको महसुल दर ३६ प्रतिशत घट्यो

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटी (Lease Connectivity) को नयाँ महसुल दर कायम गरेको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट ( Internet) तथा इन्ट्रानेट (Intranet) दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो ।

इन्टरनेट (Internet) लिज लाइनअन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले २ हजार ५ सय रहेकोमा अब १ हजार ६ सय रुपैयाँ मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि २ हजार ३ सय रुपैयाँबाट घटाएर १ हजार ६ सय रुपैयाँ नै कायम गरिएको छ ।

५१ देखि सय एमबीपीएस र सय एमबीपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल क्रमशः २ हजार १ सय रुपैयाँ १ हजार ९ सय रुपैयाँ रहेकोमा अब दुवैको महसुल दर १ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

इन्ट्रानेट (Intranet) लिज लाइनअन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल २ हजार ७ सय रुपैयाँ रहेकोमा अब २ हजार ४ सय, ११ देखि १ सय एमबीपीएसको २ हजार ४ सय रुपैयाँ रहेकोमा अब २ हजार १ सय र १ सय एमबीपीएसभन्दा बढीको २ हजार १ सय रुपैयाँ रहेकोमा अब १ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधँै बराबर रहन्छ भने यो सेवा २४सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ ।

You might also like

Comments are closed.