नेपाल दूरसञ्चारले माग्यो विभिन्न पदमा ७३ जना कर्मचारी

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले विभिन्न पदमा ७३ जना कर्मचारी माग गरेको छ । दूरसञ्चार कम्पनीले जुनियर टेक्निसियनदेखि उपप्रबन्धक पदका लागि ७३ कर्मचारी माग गरेको हो ।

कम्पनीले उपप्रबन्धक पद अर्थात् ९औं तहमा १ जना कर्मचारी, वरिष्ठ इन्जिनियर पदमा २ जना, वरिष्ठ लेखा अधिकृतमा १ जना, कम्पनीले सहायक लेखा अधिकृत पदमा ४ जना, सहायक प्रशासनिक अधिकृत पदमा ३ जना कर्मचारी माग गरेको छ ।

त्यसैगरी, टेक्निसियन पदमा ११ जना, सहायक पदमा ११ जना र जुनियर टेक्निसियन पदमा १७ जना ,सहायक व्यापार अधिकृत ४ जना, कर्मचारी माग गरेको छ ।

त्यस्तै, टेलिकम इन्जिनियर (कम्प्युटर) पदमा ५ जना, टेलिकम इन्जिनियर पद (इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन) मा १० जना, टेलिमक इन्जिनियर (इलेक्ट्रिकल) पदमा ३ जना र सिभिल इन्जिनियरमा १ जना कर्मचारीको माग गरेको छ ।

पदमा इच्छुक तथा योग्यता पुगेका व्यत्तिले नियम अनुसार कागजात भरी आगामी चैत २ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले विज्ञापनमा बताएको छ ।

You might also like

Comments are closed.