काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रमुख प्राविधिक अधिकृत रीना डंगोल नियुक्त भएकी छिन् । प्रधानमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयअनुसार माघ २३ गतेदेखि लागू हुने गरी उनलाई पद दिइएको हो ।
डंगोलले टेलिकममा २०५१ सालदेखि सेवा दिँदै आएकी छन् र तीन दशकको अनुभवमा विभिन्न निर्देशनालयको नेतृत्व सम्हालेकी छिन्। उनले पदभार ग्रहण गर्दै कम्पनीलाई प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउन र कर्मचारीहरूलाई साझा उद्देश्यका लागि अघि बढाउन प्रतिबद्धता व्यक्त गरेकी छिन्।


Comments are closed.