एनटिएचएमसीमा शैक्षिक अभिमूखिकरण कार्यक्रम

पोखरा । पोखरा महानगरपालिका वडा नं १४ छिनेडाँडामा रहेको नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले नयाँ शैक्षिक सत्र २०८०/०८१ का लागि बीएचएम, बीबीए, बीबीए-बीआई का विद्यार्थीलाई शैक्षिक अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीसहित उनीहरुका अभिभावकहरुलाई बोर्ड अध्यक्ष अशोक पालिखे, बोर्ड सदस्य कृष्ण बहादुर थापा, जयराम हमाल, हरिप्रसाद पराजुली, प्रकाश केसी, माइकल कर्माचार्य, सल्लाहकार डा.अनिल सुवेदी, प्रिन्सिपल प्रकाश रेग्मी, भाईस प्रिन्सिपल राजकुमार कार्कि, बीएचएम, बीबीए, बीबीए(बीआई कोअर्डिनेटर जोक बहादुर थापा, प्लस टू कोअर्डिनेटर दीनेश कुमार यादव लगायतले फूलमाला र खादाले सम्मान तथा स्वागत गरेका थिए ।

कलेजका अध्यक्ष अशोक पालिखेले सहभागिहरुलाई स्वागत गर्दै विद्यार्थीको क्षमता अभिबृद्धिका लागि विभिन्न समयमा जीवनोपयोगि परामर्शका कार्यक्रमहरू गर्दै आएको बताए । हामीलाई अभिभावकले विश्वास गर्नुभएको छ र विद्यार्थी भर्ना गराउनु भएको छ। हामीले त्यो विश्वासलाई कहिल्यै मर्न दिने छैनौं । अध्यक्ष पालिखेले भने, ‘त्यसैले होला हालसम्म कलेजमा अध्ययन गरेका १३ सय विद्यार्थीहरु कुनै न कुनै काममा व्यस्त छन् । कोहि पनि बेरोजगार बस्नु परेको छैन । कति त विदेशका तारे होटलमा राम्रो स्थान जमाउन सफल भएका छन्, यो ठूरो गौरवको कुरो हो । नेपालमा शिक्षा तथा त्यसमा पनि होटल म्यानेजमेन्टको पढाईको आवश्यक्तालाई बोध गरेर सन् १९९९ मा हामीले कलेजको स्थापना गरेका थियौं ।’

प्रिन्सिपल प्रकाश रेग्मीले कलेजको पढाई सकेर जाने कुनैपनि विद्यार्थी बेरोजगार नभएको बताउँदै यो बेला विद्यार्थीले धेरै मेहनत गर्नुपर्ने बताए । उनले कलेजमा सैद्धान्तिक तथा व्यावहारिक सिकाईलाई सेवा क्षेत्रमा जाँदा राम्रो प्रतिफल दिन सक्षम हुने गरी असल अध्ययनको बाटोलाई अबलम्वब गर्न आग्रह गरे ।

बेला बेलामा कलेजमा आएर अभिभावकले आफुलाई लागेका कमिकमजोरिहरु र सुझाव दिनका लागि जहिले पनि ढोका खुल्ला रहेको र विषयगत शिक्षकको हकमा उहाँहरुसंगको भेटघाट र बिचारमन्थनका लागि स्वागत गर्न तयार रहेको बताए ।

“ग्रोथ माइण्डसेट” विषयक अभिमुखिकरणमा काठमाडौंबाट पोखरा आएका लाईफ कोच तथा कर्पोरेट एक्सपर्ट डा.रबिन कटवालले असल मान्छेहरु, ज्ञानि मान्छेहरु संसारमा २० प्रतिशत भएपनि उनीहरुले विश्वलाई नेतृत्व गरिरहेको बताए । उनीहरुलाई विश्वले चिनिरहेको र श्रद्धा प्रकट गरिरहेको बताए । उनले भने, मान्छे त्यस्तै बन्नका लागि दिमागमा जहिले पनि सकारात्मक, सिर्जनात्मक कुराहरु राख्नु पर्ने र नकारात्मक कुराहरुलाई हटाउनु पर्नेमा जोड दिए । होटल म्यानेजमेन्टको अध्ययनमा लाग्नु भनेको इज्जत, प्रतिष्ठा, आतिथ्यता, बलियो आर्थिक श्रोत लगायतका दायराहरुलाई चौडा बनाउनु हो । हस्पिटालिटीको क्षेत्र मन लगाएर अरुको मन जित्ने क्षेत्र भएकोले तपाँईहरु सहि मार्गमा हिड्नु भएको छ , कटवालले भने, धन त केहि होईन । धन हुनेसंग ज्ञान भएन भने क्षेणभरमै सबै नष्ट हुनसक्छ । तर ज्ञान छ भने जति पनि धन कमाउन सकिन्छ र बचाउन सकिन्छ । जोसंग ज्ञान छ उसैले सफलता प्राप्त गर्छ । टिनएजमा गलत कुराहरु सुनाउने र सुन्ने हुन सक्छ । यो गलत हो । गलत क्रियाकलापलाई सदाका लागि निषेध गर्नुपर्छ ।’

हेलन केलरको उदाहरण प्रस्तुत गर्दै उत्प्रेरक कटवालले भने, रोगको कारण साढे दुई बर्षमा देख्ने, बोल्ने र सुन्ने क्षमतालाई गुमाएकी केलरले केहि गर्न सक्दिनन् भन्नेहरुका लागि मात्रै होईन विश्वकै लागि उदाहरणीय व्यक्तित्व बन्नुभयो । उहाँले पढनुभयो । ज्ञानकै कारण उहाँ प्रसिद्ध लेखक, प्रोफेसर र राजनीतिज्ञ पनि बन्नुभयो । उनले भने, असल काममा लागौं सबै संभव छ ।

परिक्षा संयोजक सुरेशराज अधिकारीले सन्चालन गरेको कार्यक्रममा सहभागिहरुलाई बीबीए तेश्रो वर्षका विद्यार्थी आकृति शर्मा, जुलिया श्रेष्ठ, श्रेया आचार्य र रेश्मा गुरुङले स्वागत नृत्य देखाएका थिए ।

कार्यक्रमको उद्घाटन बोर्ड अध्यक्ष अशोक पालिखेले पानसमा बत्ति बालेर गरेका थिए ।

 

You might also like

Comments are closed.