होटल म्यानेजमेन्ट कलेजद्वारा बीबीए, बीबीए बीआई र बीएचएम उतिर्ण विद्यार्थीलाई बधाई ज्ञापन

पोखरा । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले स्नातक तह उतिर्ण गरेका विद्यार्थीहलाई मंगलबार बधाई ज्ञापन तथा सर्टिफिकेट हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका वडा नं १४ छिनेडाँडास्थित कलेजमा आयोजना गरिएको समारोहमा बीबीए, बीएचएम र बीबीए बीआई उतिर्ण गरेका विद्यार्थीहरुलाई कलेजका अध्यक्ष अशोक पालिखे, प्रिन्सिपल प्रकाश रेग्मी, बीएचएम कोअर्डिनेटर जोक बहादुर थापा, हरिहर पौडेल, दीनेश कुमार यादव, बोर्ड सदस्य जयराम हमाल लगायतले टीका, खादा लगाएर सर्टिफिकेट हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कलेजका अध्यक्ष अशोक पालिखेले आफ्ना छोराछोरीहरुको पढाईको गन्तव्य यस कलेजलाई बनाएकोमा आभार व्यक्त गरे ।

पालिखेले भने, छोराछोरीलाई यहाँ अध्ययनका लागि ल्याउनु भयो र आज उनीहरुसंगै बसेर खुसि साटासाट गरेको देख्न पाउँदा मन प्रफुल्ल भएको छ । तपाँईहरु जहाँ जहाँ जानुहुन्छ हामी प्रगतिको कामना गरिरहन्छौं । कलेजको अनलाईमा सम्पर्क लिंक पनि राखिएको छ । त्यहाँ आफ्नो प्रगति वा सुख, दुःख जे जस्तो अवश्था हुन्छ जानकारी गराउनुहोला र निरन्तर सम्पर्कमा रहनु होला ।

पालिखेले सर्वोत्कृष्ट अंक ल्याएर डिन लिष्टमा परेका विद्यार्थीहरु तथा ग्राजुयशनमा सहभागि विद्यार्थी, अभिभावक सबैलाई आभार व्यक्त गर्दै भने, हामीले सधैं राम्रो गर्ने लक्ष्य लिएका छौं । उनीहरुको दक्षता अभिबृद्धिको लागि निरन्तर कार्यक्रम गरिरहेको र आगामी दिनमा पनि अझैं नयाँ कार्यक्रम ल्याउने छौं । १९९९ मा स्वदेशमा नै केहि गरौं र स्वरोजगार बनाउन नेपालमै पहिलो पटक कलेज खोलेका हौं । अहिले २५ औं वर्षको अवसरमा विभिन्न कार्यक्रम गरिरहेको पालिखेले बताए । उनले कलेजलाई अन्तराष्ट्रिय स्तरको सम्बन्धमा जोड्ने प्रयास भईरहेको बताउँदै विद्यार्थीको सपलताको लागि मेहनत गर्ने सिंगो कलेज परिवारलाई आभार व्यक्त गरे ।

प्रिन्सिपल प्रकाश रेग्मीले बीबीएका ३३ जना, बीबीए बीआईका ३३ जना र बिएचएमका ७७ जना गरेर १४३ जना रहेकोमा कन्भोकेसनका लागि फराम भरेका बीबीएका ३१ जना, बीबीए बीआईका ३१ र बीएचएमका ३३ जना गरी ९५ जना समारोहमा उपस्थित भएको बताए । अन्य विद्यार्थीहरु काममा लागेका र कोहि विदेशमा इन्टर्नसिपमा रहेकोले उपस्थित हुन नसकेको बताए ।

हामी निकै खुसि छौं । विद्यार्थीहरुले मेहनत गरे, सैद्धान्तिकसहित व्यवहारिक तथा व्यवस्थापनका लागि अतिरीक्त सिपहरु सिकेका छन् । उनीहरुको आगामी दिनको यात्रा सफल र लिएको लक्ष्य पूरा होस् कामना गर्दछौं ।

विद्यार्थी सबैका अभिभावकसंगै हर्षउल्लासको वातावरण कलेजमा देखिएको, सबैको मुहार उज्यालो भएको देख्न पाउँदा हर्षविभोर भएको बताए । उनले भने हामीले पनि चाहेको यही खुसि र प्रगति नै हो ।

पोखरा विश्व विद्यालयसंग सम्बन्धन रहेको कलेजका चार विद्यार्थी डिन लिष्टमा परेका हुन् । नेपालभरबाट सर्वोत्कृष्ट अंक ल्याउने अर्थात ३.७ जिपिए ल्याएका सुजन परियार बीबीए, सुरज ढकाल बीबीए बीआई, प्रिया शाही बीएचएम र संगीता बिक बीबीए बीआई रहेका छन् । उनीहरुले डिन लिष्टमा परेको छुट्टै सर्टिफिकेट पनि पाएका छन् ।

कार्यक्रममा बीबीएकी विद्यार्थी दृष्टि आचार्य, बीएचएमकी प्रिया शाही र बीबीए बीआईकी अनुपमा ठकुरीले परिवारका सदस्यहरुको साथमा ग्राजुएशनमा सरिक हुन पाउँदा र कलेजले यस अवसरमा गरेको वधाई तथा सम्मान अविस्मरणीय रहेको बताए ।

उनीहरुले कलेजमा सैद्धान्तिक ज्ञान संगसंगै झन् बढी व्यवहारिक ज्ञान हाँसिल गर्न पाएको बताए । यसले आगामी दिनमा अन्य सफलताहरु प्राप्त गर्नका लागि बलियो जग बनेको अनुभव सुनाए । आफुहरुले पाएको सफलतामा कलेज प्रिन्सिपल सहितको टिम, कलेज संचालन बोर्ड तथा अभभिावकको साथ महत्वपूर्ण भएको बताए ।

कलेजका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सन्जु कुँवर तथा प्रियंका थापाले गरेका थिए ।

You might also like

Comments are closed.