एसइइ दिएका विद्यार्थीलाई एनटिएचएमसीले सिपमूलक तालिम निःशुल्क दिने

पोखरा । विद्यार्थीलाई उद्यमशीलताको हुटहुटि जगाउन नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले सिपमूलक तालिम आयोजना गरेको छ । तालिम वैशाख १० गतेबाट शुरु हुने भएको छ । एक सातासम्म चल्ने तालिम कलेजले निःशुल्क दिन लागेको हो ।

पोखरा १४ छिनेडाँडामा रहेको नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि सो तालिम आयोजना गरेको प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए ।

विद्यार्थीले बारिष्टाका विविध पक्षहरुको ज्ञान हासिल गर्नेछन् । यस्तै उनीहरुले बेकरी, हाउस किपिङ, फु्ड एण्ड बेभरेज र क्लिनरी आर्टस्का बारेमा ज्ञान लिनेछन् ।

jutta mela

‘उनीहरु लामो बिदामा बसेको बेला छ । उनीहरुको दिमाग आइडल हुने र चञ्चले स्वभावका हुन्छन् । समय खेर फालेर बस्दा बच्चाको मनोविज्ञानमा असर पुग्न सक्ने अवस्थालाई आउनै नदिन कलेजले तालिमको आयोजना गरेको हो,’ रेग्मीले भने ।

तालिमका लागि १५० भन्दा बढी विद्यार्थीले आवेदन दिइसकेको रेग्मीले जानकारी दिए । ३० वटा विद्यालयका एसइइ दिएर बसेका विद्यार्थीहरु तालिममा सरिक हुँदैछन् । दाङ, हेटौंडा, बेनी, तनहुँ, कास्की लगायतका ठाउँबाट विद्यार्थी आउनेछन् ।

तालिमको लागि कलेजसम्म आउन जानका लागि बसको सुविधा तथा तालिम अवधिभरी लञ्चको व्यवस्थासमेत निःशुलक रहेको रेग्मीले बताए ।

‘हामीले विद्यार्थीको भविष्यलाई हेरेर यस्ता तालिमको आयोजना गर्दै र निरन्तरता दिदैं आएका छौं । म्यानेजमेन्ट, हस्पिटालिटीको क्षेत्र भएकाले लगनशील हुनुपर्यो कोहि बेरोजगार बस्नु पर्दैन,’ उनले भने, ‘कलेजमा पढेका हाम्रा १३ सय बढी विद्यार्थी देश विदेशका प्रतिष्ठित ठाउँमा काम गरिरहेका छन् । कोहि फाइभ स्टार होटलका उच्च ओहोदामा काम गररिहेका छन् । सबै रोजगारीमा छन् ।’

हस्पिटालिटी, म्यानेजमेन्टको क्षेत्र सम्भावना नै सम्भावनाको क्षेत्र रहेको बताउँदे प्रिन्सिपल रेग्मीले कोही बेरोजगार भएर बस्नु नपर्ने बताए । ‘तर, यसका तौर तरिकाहरु, विश्व परिवेशमा देखिएका शैक्षिक विधिहरुको पुनर्ताजगि गराउने कार्यसंग जोडिनुपर्छ । जो हामीले गरिरहेका छौं,’ उनले भने ।

You might also like

Comments are closed.