प्लस टुको परीक्षा दिएका विद्यार्थीलाई निःशुल्क तालिमको अवसर

पोखरा । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडा पोखराले प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । यस अगाडि एसईई दिएर बसेका विद्यार्थीलाई निःशुल्क तालिम दिएको कलेजले अब प्लस टु दिएर बसेका विद्यार्थीलाई लक्षित गरी तालिम दिन लागेको हो ।

वारिष्टा, बेकरी, हाउसकिपिङ, फुड एण्ड बेभरेज, कुलिनरी आर्टस गरी ५ विधामा कलेजले एक सातासम्म निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो । जेठ ७ गतेबाट तालिम सुरु हुने कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए ।

प्लस टु दिएर बसेका देशभरका विद्यार्थीले तालिमका लागि आवेदन दिन सक्नेछन् । परीक्षा दिएर बसेका विद्यार्थीहरुको सिप, क्षमता तथा चौतर्फी विकासमा योगदान गर्ने लक्ष्यसहित तालिम आयोजना गरिएको प्रिन्सिपल रेग्मीले जानकारी दिए । तालिममा सहभागीहरुका लागि लन्च र यातायातको सुविधासमेत उपलब्ध हुनेछ ।

यस अगाडि एसईईमा सय जनालाई तालिम दिने तयारी भएपनि १ सय ५० जनालाई तालिम दिइएको रेग्मीले जानकारी दिए ।

jutta mela

प्लस टु दिएर बसेका सय जना विद्यार्थीले तालिमबाट लाभ लिन सक्नेछन् । ‘सर्लाही, दाङ, कपिलबस्तु, गोरखा, सल्यान लगायतका जिल्लाबाट समेत विद्यार्थी तालिमका लागि आएका थिए,’ उनले भने । ‘एसईई पछि प्रदान गरिएको तालिम पस्चात विद्यार्थीको फिडब्याक लिदाँ राम्रो प्रतिक्रिया पाएका छौं,’ उनले भने ।

यस पटक प्लस टु सकेका विद्यार्थीलाई प्रत्येक विधामा २० जनाका दरले सय जनालाई तालिम दिने तयारी भएको छ । ‘यो संख्या अझै बढ्न सक्ने देखिन्छ,’ उनले भने ।

कलेज स्थापनाको २५ वर्षको सन्दर्भमा कलेजले यस प्रकारको तालिम लगायत विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज होटल म्यानेजमेन्टको पठनपाठन गर्ने नेपालकै पहिलो कलेज हो ।

You might also like

Comments are closed.