एनटिएचएमसिद्वारा आयोजित निःशुल्क तालिममा २९० जनाको सहभागिता

पोखरा । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीरूको लागि सोमबारदेखि एक हप्ते निःशुल्क तालिम संचालन गरेको छ । पोखरा १४ छिनेडाँडामा रहेको होटल म्यानेजमेन्टको पढाइ हुने नेपालको पहिलो नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले आयोजना गरेको तालिममा विभिन्न जिल्लाका ७७ विद्यालयका २९० जना विद्यार्थी सहभागि भएका छन् ।

कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले समूह विभाजन गरेर विद्यार्थीलाई वारिष्टा, बेकरी, हाउसकिपिङ, फुड एण्ड बेभरेज, कुलिनरी आर्टससहित ५ विधाका सिप सिकाइने बताए ।

तालिममा स्याङ्जा, कास्की, काठमाडौं, धादिङ, चितवन, म्याग्दी, काभ्रे, ओखलढुंगा, कपिलवस्तु, पर्वत, बागलुङ, बुटवल, तनहुँ, लमजुङ, गोरखा, बारा र गुल्मीका विद्यार्थी सहभागी छन् ।

प्रिन्सिपल रेग्मीका अनुसार तालिम दुई सिफ्टमा हुँदैछ । ३ घन्टाको पहिलो सिफ्ट बिहान ९ बजेदेखि मध्यान्ह १२ वजेसम्म संचालन हुनेछ । दोश्रो सिफ्ट मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन गरिएको छ ।

प्रिन्सिपल रेग्मीले बेकरीको तालिममा ६० जना, बारिष्टातर्फ ४८ जना, किचेनतर्फ ९६ जना, हाउसकिपिङतर्फ २८ जना र फुड एण्ड वेभरेजतर्फ ५८ जना तालिममा सहभागि भएको बताए ।

तालिमले विद्यार्थीमा अध्ययनको साथसाथै सिपको विकास गराउने, क्षमता बृद्धि गर्ने र आत्मनिर्भर बनाउन महत्वपूर्ण बलियो आधार तयार पार्ने विश्वास व्यक्त गरे ।

तालिममा सहभागी हुनेहरूका लागि खाना तथा यातायातको सुविधा उपलव्ध गराइएको छ ।

यसअघि कलेजले एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि तालिम संचलन गरिसकेको छ । तालिममा १७५ जनाको सहभागिता रहेको थियो ।

हामीकहाँ तालिमका लागि मधेश, लुम्विनी, कर्णाली प्रदेशका तथा गण्डकीका बिद्यार्थी ‘सरिक हुने गरेका छन् । एसइइ दिएर बसेकाहरूको लागि गरिएको तालिममा सर्लाही, दाङ, कपिलबस्तु, गोरखा, सल्यान लगायतका जिल्लाबाट विद्यार्थी सहभािग भएका थिए ।

प्रिन्सिपल रेग्मीका अनुसार कलेज स्थापनाको २५औ वर्षको सन्दर्भ पारेर विभिन्न कार्यक्रम भईरहेका छन् । ति विभिन्न कार्यक्रम मध्येमा रोजगार, स्वरोजगार र मालिक बन्नसक्ने सिपयुक्त निःशुल्क तालिम पनि रहेको छ ।

यसअघि एसइइ दिएर बसेका विद्यार्थीका लागि निःशुल्क तालिम दिएको थियो ।

You might also like

Comments are closed.