नेपाल टुरिजम कलेज र काठमाडौं विश्वविद्यालयबीच सहकार्य समझदारी

काठमाडौं। नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एन.टि.एच.एम.सि) र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (के.यु.एस.ओ.एम) बीच संस्थागत विकास र आपसी हितलाई प्रवर्द्धन गर्न सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

काठमाडौंमा मंगलबार सम्पन्न उक्त कार्यक्रममा दुवै संस्थाले शैक्षिक, अनुसन्धान तथा व्यवसायिक गतिविधिहरूमा सहकार्य गर्ने निर्णय गरेका छन् ।

समझदारीको मुख्य उद्देश्य एक अर्काको संस्थागत शक्ति, अनुभव र स्रोतहरूको अधिकतम प्रयोग गर्दै व्यवसायिक व्यवस्थापन स्रोत र अभ्यासहरूको विकास र उपयोगमा योगदान पुर्याउनु रहेको छ ।

सहकार्यका मुख्य दायराहरू यसप्रकारः

  • शिक्षण, तालिम, अनुसन्धान तथा परामर्श कार्यक्रमहरूमा सहकार्य ।
  • संयुक्त अनुसन्धान र व्यवसायिक कार्यक्रमहरूको सञ्चालन ।
  • संकाय आदानप्रदान कार्यक्रम । 
  • ज्ञानको विकास र प्रसारका लागि शैक्षिक, नीति र व्यवसायिक सम्मेलन, सेमिनार तथा वकालत कार्यक्रम सञ्चालन ।

समझदारी पत्रमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको तर्फबाट कलेजका अध्यक्ष अशोक पालीखे र प्राचार्य प्रकाश रेग्मी, तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको तर्फबाट डिन प्रो. डा. विजय के. सी. ले हस्ताक्षर गरेका छन्।

सहकार्यले दुवै संस्थालाई शैक्षिक र व्यावसायिक क्षेत्रमा थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.