नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको आयोजनामा दन्त परीक्षण शिविर

काठमाडौं । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको आयोजनामा दन्त परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा कान्तिपुर इन्ष्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलकोे प्राविधिक सहयोग रहेको थियो । शिविर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन भएको थियो ।

शिविरमा कलेजका विद्यार्थी, फ्याकल्टिज र स्टाफ गरि करिव २ सय जनाले दन्त परीक्षण गराएको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए । कान्तिपुर इन्ष्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलसँग सहकार्य गर्न पाउदाँ खुसी लागेको उनले बताए ।

कान्तिपुर इन्ष्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलकी शर्मिला शर्माको संयोजकत्वमा शिविर भएको हो ।

इन्टर्नसिप अन्र्तगत शिविर संचालन गरिएको र शिबिरमा कलेजका २० जना विद्यार्थीको टोली सहभागी थियो । शिविर सम्पन्न भएपछि कलेजका प्रिन्सिपल रेग्मीले इन्टर्नमा सहभागी विद्यार्थीलाई टोकन अफ एप्रिसिएसन प्रदना गरेका थिए ।

You might also like

Comments are closed.