नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजमा अनलाइन कक्षा सुरु

पोखरा । नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज पोखरामा अनलाइन कक्षा सुरु भएको छ । कोरोना भाइरसको (कोभिड–१९) संक्रमणले आक्रान्त भएको बेला विद्यार्थीहरुमा यसको मनोवैज्ञानिक असर नपरोस् र विद्यार्थीहरुलाई पठनपाठनबाट टाढा रहन नदिनको लागि कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले अनलाइन कक्षा सञ्चालनमा ल्याएका हुन् । वैशाख ५ गतेबाट अनलाइन कक्षा सञ्चालनमा आएको हो ।

हालका लागि बि.एच.एम तेस्रो सेमेस्टर र कक्षा ११ को एकाउन्ट विषयमा दैनिक रुपमा अनलाइन कक्षा सुरु गरिएको छ । बि.एच.एम को ११ देखि १२ बजे र कक्षा ११ को १२.३० देखि १.३० सम्म अनलाइन कक्षाहरु सञ्चालन भइराखेका छन् । शिक्षक सूर्य गिरीले अनलाइन कक्षा लिदै आएकाछन् ।

‘आवश्यक परेमा अरु विषयको पनि अनलाइनमा कक्षा सञ्चालन गर्छौं,’ प्रिन्सिपल प्रकाश रेग्मी भने, ‘घरमै बसी आफ्नो शिक्षकसंग अध्ययन गर्ने अवसर विद्यार्थीले पाएका छन् । लकडाउनको सदुपयोग भएको छ ।’ केही विद्यार्थीहरु घर (गाउँ) गएकाले सबैलाई समेट्न नसकेको रेग्मीले बताए । ‘प्रविधिमैत्री सिकाइ अहिलेको आवश्यकता हो,’ उनले भने ।

jutta mela
You might also like

Comments are closed.