उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन युवा उद्यमीहरुलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको टोली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मञ्चका पदाधिकारी तथा कार्यसमिति, पूर्व अध्यक्षहरु र च्याप्टर अध्यक्षहरु सहभागी थिए ।

उक्त अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन युवा उद्यमीहरुलाई आग्रह गरिन् । युवा उद्यमीहरुसँग भेटेर छलफल गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।

उक्त अवसरमा बोल्दै मञ्चका अध्यक्ष रितेश लामिछानेले युवा उद्यमशीलता बढाउने अभियानमा मञ्च सक्रिय रहेको बताए ।

मञ्चको केन्द्रीय कार्यसमितिसँगै सात प्रदेशमा १० वटा च्याप्टर क्रियाशील छन् । ७ सय भन्दा बढी सदस्य आबद्ध छन् ।

You might also like

Comments are closed.