नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरमा केसी

पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखरा च्याप्टरको अध्यक्षमा युवा व्यवसायी निरन केसी निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट केसीको नेतृत्वमा सर्वस्म्मत नयाँ कार्यसमिति चयन भएको हो ।

मञ्चको प्रेसिडेन्ट इलेक्टमा ई. विशेष थापा, प्रेसिडेन्ट नोमिनीमा समेज राजभण्डारी, प्रोग्राम चेयरमा ई. सरोज कायस्थ, फाइनान्स चेयरमा सिए विवेक श्रेष्ठ निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा निकेश द्वा, हर्षल विजुक्छे, दीशान्त शेरचन, सागर भट्टराई, सुरज श्रेष्ठ र नुरज बाटाजू छन् । निबर्तमान अध्यक्ष सुयश मल्ल पदेन सदस्य रहनेछन् ।

jutta mela

मञ्चको अध्यक्षमा निर्वाचित गराउने सम्पूर्णप्रति केसीले आभार व्यक्त गरेका छन् । युवा उद्यमशीलताका क्षेत्रमा मञ्चले काम गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.