नेपाली युवा उद्यमी मञ्चको १२औं शाखा झापामा

काठमाडौं ।  नेपाली युवा उद्यमी मञ्चले झापामा शाखा (च्याप्टर) विस्तार गरेको छ । उक्त शाखा मञ्चको १२औ शाखा हो ।

झापाच्याप्टरको अध्यक्षमा प्रवेश बस्नेत, प्रथम उपाध्यक्ष डा. रुपेश बेलबासे र द्वीतीय उपाध्यक्ष सुरज चौधरी रहेका छन् । ३७ सदस्य रहेको यस च्याप्टरमा ११ जनाको कार्य समिति रहेको छ ।

नेपाली युवा उद्यमी मञ्चको स्थापना सन् २००३ सालमा भएको हो । गैर– नाफा मुलक यस संस्था व्यापारिक सोचको प्रबर्धन रहेको छ ।

jutta mela

काठमाडौँ, पोखरा, ललितपुर, चितवन, रुपन्देही, सुर्खेत, कैलाली, बिरगंज, जनकपुर, बिराटनगर, सुनसरीमा मञ्चले आफ्नो शाखा(च्याप्टर) विस्तार गरिसकेको छ ।

विभिन्न शाखमा करिव ८ सय जना युवा उद्यमीहरु प्रत्यक्ष रुपमा सहभागी भएर उद्यमशिलतालाई प्रवद्र्धन गरिरहेकका छन् । नेपाल युवा उद्यमी मञ्च नेपाल उद्योग बाणिज्य महासंघद्वारा प्रवर्दित छ । नेपाल युवा उद्यमी मञ्च  सार्क युवा उद्यमी मञ्च (SYEF)  र विश्व युवा उद्यमी मञ्च (WYEF) को संस्थापक सदस्य हो , त्यसै गरि Commonwealth Asia alliance of young entrepreneurs (CAAYE)को पर्यवेक्षक सदस्य हो ।

 

You might also like

Comments are closed.