काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा साहारा जोशी निर्वाचित भएकी छन् । आइतबार सम्पन्न १९ औं वार्षिक साधारणसभा उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
मञ्चको प्रथम उपाध्यक्षमा कुशल सुन्दर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा निभिता प्रधान र महिला उपाध्यक्षमा ऋचा श्रेष्ठ निर्वाचित भएका छन् । कार्यकारिणी सदस्यमा बिलाशा श्रेष्ठ, सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्र बहादुर गौतम, आभूषण ज्योति कंसाकार र युनेश राज श्रेष्ठ छन् । निबर्तमान अध्यक्ष रितेश लामिछाने पदेन सदस्य रहनेछन् ।
युवा उद्यमशीलताको विकासमा आफ्नो कार्यसमितिले सक्रियताका साथ काम गर्ने नवनिर्वाचित अध्यक्ष जोशीले प्रतिबद्धता जनाएकी छन् । ‘मञ्चलाई उद्यमशीलता र युवाको क्षेत्रमा अनुकरणीय संस्था बताउँदै अगाडि बढ्नेछौं,’ उनले भनिन् ।
युवा उद्यमी सम्मेलन, लिडर्स प्रोजेक्ट, मेड इन नेपाल क्याम्पेन कार्यक्रमलाई निरन्तरता दिने उनले जनाकी छन् । युवा उद्यमीहरुको क्षमता अभिबृद्धिका कार्यक्रम अगाडि बढाउने, उद्यमीहरूबीचको क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्ने लगायत कार्यक्रम गर्ने योजना उनको छ । कार्यक्रममा उद्योग मन्त्री रमेश रिजाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालल लगायतकाले बोलेका थिए ।
Comments are closed.