काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले प्रदान गर्ने ‘स्टार्टअप अवार्ड’का लागि २० वटा स्टार्टअप व्यवसाय छनोट भएका छन् । अवार्डका लागि आवेदन दिएका १२० आवेदनबाट उत्कृष्ट २० आवेदन छनोट भएको मञ्चद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा नयाँ उद्यम सुरुवात गरेका युवा उद्यमीहरुलाई लक्षित गरी मञ्चले अवार्ड प्रदान गर्न लागेको हो । २०२४ जनवरीमा मञ्चले अवार्ड प्रदान गर्नेछ ।
छनोट भएका २० उद्यमीहरुको कम्पनी तथा फर्महरु अब प्रतिस्पर्धाको दोस्रो चरणमा प्रवेश गर्नेछन् ।
देशमा केही गर्छु भन्ने उद्यमीहरूका लागि यो अवार्ड उत्कृष्ट प्रतिस्पर्धा र बुटक्याम्प रहेको मञ्चले जनाएको छ । नेपालमा स्टार्टअप इकोसिस्टमलाई सक्षम र सुदृढ पार्ने उद्देश्यले युवा स्टार्टअपहरूलाई उनीहरूको स्टार्टअपहरू पिच गर्न, नेटवर्क बनाउन र वृद्धि गर्न प्लेटफर्म दिएर सन् २०२१ मा अवार्ड दिन सुरुवात भएको हो । स्टार्टअप अवार्डका अघिल्ला बिजेतामा २०२१ मा डाक्टर अन कल, २०२२ मा बाइटकेयर टेक्नोलोजी (कारोबार एप) र डेलीश डेरी थिए ।
Comments are closed.