‘एनवाईईएफ दोस्रो उद्यमशीलता सम्मेलन’ सम्पन्न, उद्यमशीलताको विकासमा जोड

काठमाडौं, नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरद्वारा आयोजित ‘दोस्रो उद्यमशीलता सम्मेलन’ सम्पन्न भएको छ । विभिन्न क्षेत्रका युवा उद्यमीहरु तथा विज्ञहरुको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो । मञ्च काठमाडौं च्याप्टर अध्यक्ष प्रार्थना शाखःको अध्यक्षतामा तथा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यतमा कार्यक्रम भएको हो ।

होटल मल्लमा आयोजित दोस्रो संस्करणको सम्मेलनमा युवा उद्यमीका सम्भावना र अवसरहरुका बारेमा बृहत छलफल तथा बहसहरु भएका थिए । स्टार्टअप व्यवसायमा सफलता प्राप्त गरेका युवा उद्यमीहरुको उद्यमशील यात्राको कथाहरु पनि उक्त अवसरमा सुन्ने र सुनाउने अवसरमा प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले युवा उद्यमशीलताको विकासले मात्रै मुलुकको समृद्धि यात्रा सम्भव हुने बताए । मञ्चका अध्यक्ष प्रार्थना शाखःले युवा उद्यमशीलता प्रवर्द्धनको लक्ष्यसहित कार्यक्रम गरिएको बताइन् । ‘युवाहरुमा लगानीमैत्री वातावरण सिर्जना गर्ने र लगानीका लागि प्रोत्साहन गर्ने लक्ष्यले कार्यक्रम आयोजना गरिएको हो,’ उनले भनिन्, ‘दोस्रो संस्करणसम्म आइपुग्दा उद्देश्य अनुसार कार्यक्रम सफल पनि भएको पाएका छौं ।’

मञ्चका केन्द्रीय अध्यक्ष सहारा जोशीले स्वागत मन्तव्य राख्दै युवा उद्यमी बन्न चाहनेहरुका लागि मञ्चले प्रोत्साहन गरिरहेको र सम्मेलनले पनि युवाहरुलाई उद्यमी यात्रामा अगाडि बढाउन सहयोग पुगेको विश्वास व्यक्त गरिन् ।

युवा उद्यमीहरुका उत्पादन तथा सेवाका ३० भन्दा बढी स्टलहरू सम्मेलनमा राखिएको थियो । कार्यक्रममा झण्डै ४ सय जनाको उपस्थिति रहेको बताइएको छ ।

सम्मेलनको अवसरमा विज्ञ व्यक्तिहरुको सहभागितामा विभिन्न शीर्षकमा प्यानल छलफल पनि गरिएको मञ्चका काठमाडौं च्याप्टरकी कार्यकारी सदस्य तथा कार्यक्रम चियर इच्छा मल्लले जानकारी दिइन् ।

lcci
You might also like

Comments are closed.