काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा सुदीप घिमिरे निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा आयोजित २१औं साधारणसभाले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
एसजी ग्रुपका निर्देशक घिमिरे विभिन्न व्यापार, व्यवसाय तथा उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, निर्माण, शिक्षा, बैंक तथा वित्तीय संस्था, सञ्चार, कृषि, एलपीजी बोटलिङ, हस्पिटालिटीलगायतका क्षेत्रमा सक्रिय छन् ।
घिमिरेले इन्दिरा गान्धी नेशनल ओपन यूनिभर्सिटीबाट एमबीए डिग्री हासिल गरेका छन् । उनले इटहरि उद्योग वाणिज्य संघ र मोरङ उद्योग संघको कार्यकारी समितिका सदस्य भएर काम गरिसकेका छन् ।
मञ्चको अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघको पदेन कार्यसमिति सदस्य रहने व्यवस्था छ ।
Comments are closed.