नेपाली युवा उद्यमी मञ्चद्वारा हस्पिटललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं । कोरोना महामारी नेपालमा निकै चुनौतिपूर्ण बनेको छ । दोस्रो चरणको महामारी बढेसँगै संक्रमितहरु थपिने क्रम बढ्दो छ भने हस्पिटलमा अक्सिजनको अभाव पनि बढिरहेको छ । यो विषम परिस्थितिमा अक्सिजन नपाएरै धेरैले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गरी नेपाली युवा उद्यमी मञ्चले विभिन्न अस्पतालमा अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

नेसन फष्ट र मेक अ मार्क भन्ने आफ्नो मुख्य मान्यता अनुसार मञ्चले ४० अक्सिजनका सिलिण्डर सहयोग गरेको मञ्चका प्रथम उपाध्यक्ष उदिप श्रेष्ठले जानकारी दिए । मञ्चले वीर अस्पताल, ट्रमा सेन्टर र टिचिङ अस्पतालमा ४७ लिटर क्षमताका अक्सिजन सिलिन्डर सहयोग गरेको हो ।

मञ्चको नेशनल गभर्निङ काउन्सिल, काठमाडौं च्याप्टर र एडभाइजरी लिडरसिप ग्रुपको पहलमा अक्सिजन सिलिन्डर प्रदान गरिएको मञ्चले जनाएको छ ।

jutta mela

You might also like

Comments are closed.