पोखरा । नेपाली युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा युवा व्यवसायी सुनिलबहादुर भट्टराई निर्वाचित भएका छन् । शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनबाट भट्टराईको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
मञ्चको प्रेसिडेन्ट इलेक्टमा सुयास मल्ल, प्रेसिडेन्ट नोमिनीमा निरन केसी, प्रोग्राम चियरमा इन्जिनियर विशेष थापा, फाइनान्स चियरमा समेज राजभण्डारी निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा सरोज कायश्थ, विवेक श्रेष्ठ, निकेश द्वा, हर्शाल बिजुक्छे, दिशान्त शेरचन र सागर भट्टराई छन् । मञ्चका निबर्तमान अध्यक्ष पुनित वैद्य पदेन सदस्य हुनेछन् ।
सम्पूर्ण युवा व्यवसायीलाई समेटेर मञ्चको नेतृत्व गर्ने नवनिर्वाचित अध्यक्ष भट्टराईले प्रतिबद्धता व्यक्त गरेका छन् ।
Comments are closed.