पोखरा । नेपाली युवा उद्यमी मञ्च पोखराले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) पोखरा र संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
मञ्चका तर्फबाट करिब ३ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको अध्यक्ष सुनिल बहादुर भट्टराइले आर्थिक आवाजलाई जानकारी दिए । अक्सिजन सिलिन्डर, अक्सिजन मास्क, पिपिई, फेस सिल्ड, अक्सिमिटर, सेनिटाइजर, मास्क लगायतका सामग्री हस्तान्तरण गरिएको भट्टराईले बताए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकका मेयर मान बहादुर जि.सी ले कोरोना महामारीको समयमा संस्थाले गरेको कामको प्रशंसा गरे ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डुक बहादुर क्षेत्री र संक्रामक तथा सरुवा रोग अस्पतालका सिइओ विकास गौचनलाई सामग्री हस्तान्तरण गरिएको हो ।
Comments are closed.