काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध चाँडै समाप्त हुन सक्ने संकेत गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२.५० अमेरिकी डलरमा झरेको छ। त्यसैगरी अमेरिकामा कारोबार हुने कच्चा तेलको मूल्य पनि करिब ९ प्रतिशतले घटेर प्रति ब्यारेल ८८.६० अमेरिकी डलर पुगेको बताइएको छ।
मध्यपूर्वमा बढ्दो तनावका बीच ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेको र युद्ध चाँडै अन्त्य हुन सक्ने बताएका थिए। तर केही दिनपछि नै युद्ध एक साताभित्र समाप्त नहुने अभिव्यक्ति सार्वजनिक भएको थियो।
युद्धसम्बन्धी अनिश्चितताबीच आएको ट्रम्पको उक्त टिप्पणीपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको विश्लेषण गरिएको छ।



Comments are closed.