जडिबुटीको समिश्रण ‘ओखती’ ब्राण्ड, देशभरको बजारमा लोकप्रिय

काठमाडौं । जडिबुटीको प्रयोगबाट उत्पादन हुँदै आइरहेको ‘ओखती’ ब्राण्डका उत्पादन नेपाली बजारमा लोकप्रिय बनेका छन् । सन् २००९ मा स्थापना भएको श्री जयकाली जडिबुटी उद्योगबाट उत्पादित ओखती ब्राण्डका उत्पादन मध्ये उत्कृष्ट उत्पादन बन्न सफल भएको छ ओखती साबुन ।

आफ्नै मौलिकता र विशेषतालाई ध्यान दिएर ओखती ब्राण्डका साबुनहरु उत्पादन हुँदै आएका छन् । नेपालमा पाइने केमोमाइल, बोनो, सिट्रोलेना, लेमनग्रास, तितेपाती, अमला, निम, तेजपत्ता, अदुवा, मेन्था, एलोभरा, धुपी लगायतका जडिबुटीको प्रयोगरी ओखती साबुन उत्पादन हुन्छ ।

साबुनसँगै ओखती ब्राण्डमा स्याम्पु, फेसवास, क्लीनजीङ मिल्क, स्क्रव, सन ब्लक बडि लोसन, मोस्चराइजिङ क्रिम लगायतका कस्मेटिक प्रडक्ट पनि बजारमा बिक्री भइरहेका छन् । ‘स्वदेशी बस्तु, जडिबुटी, कच्चा पदार्थको प्रयोग गरी तेलहरुको समिश्रणबाट ओखती साबुन तयार हुन्छ,’ प्रवन्ध निर्देशक शोभाकान्त बस्यालले भने । छालाका रोगको लागि ओखती साबुन निकै प्रभावकारी हुने गरेको बस्यालले बताए । ‘छालाको हेरचाहको लागि यो सावुन निकै उपयुक्त छ,’ बस्याल भन्छन् । सम्वन्धित क्षेत्रका विज्ञसंग परामर्श लिएर साबुन उत्पादन गरिने भएकाले धेरै प्रभावकारी र उपयोगी रहेको बस्यालको भनाइ छ ।

घमौरा, एलर्जी तथा छालाको समस्या भएका व्यक्तिलाई बढी उपयोगी हुने यो साबुनले दुर्गन्ध हटाउने कामसमेत गर्छ । डण्डीफोरका लागि यो साबुन शतप्रतिशत प्रभावकारी रहेको उद्योगले जनाएको छ । ‘फेसलाई नेचुरल बनाइराख्न पनि ओखती साबुन उपयोगी छ,’ उनले भने ।

नेपालभरी उपलब्ध हुने यो सावुन विदेशमा पनि निर्याग हुँदै आइरहेको छ । युएइ, अमेरिका, जापान, चीन, मलेसिया लगायतका देशमा ओखती साबुनको माग उच्च रहेको बस्यालले जानकारी दिए ।

ओखती नामबाट उत्पादन गरिएका भिटामिन इ युक्त आयुर्वेदिक फेस सोप, निम सोप, बडि सोप, पपैया सोप, ह्वाइटनिङ पपैया सोप, तितेपाती सोप, ब्युटी सोप, चिउरी निम सोप, रोज सोप, स्पेशल बाथ सोप, केमोमाइल सोप लगायतका साबुन बजारमा उपलब्ध छन् ।

भिटामिन इ युक्त आयुर्वेदिक फेस सोप कालोपोतो, चायाँ, डण्डीफोर, एलर्जी लगायतका विभिन्न समस्याको समाधानका लागि उपयोगी छ । निम सोप एलर्जी, खटिरा, दादका साथै चाँया र कपाल झर्न रोक्नका लागि ओखती निम सोप उपयोगी छ ।

दाद, एलर्जी, दुबी लगायत चर्मरोग रोगको लागि उपयोगी ओखती बडि सोपले कपाललाई नरम स्वस्थ बनाइ चायाँ हटाउछ । पपैया सोले मृत केशिकालाई पुनर्जीवित गर्छ । शरिरमा आकर्षक गोरोपन ल्याइ केशलाई नरम, चम्किलो तथा बाक्लो बनाइ चायाँ पनि हटाउँछ । ओखती ह्वाइटनिङ पपैया सोपमा भएको पपीनले मृत केशिका पुनर्जीवित गरि त्वचालाई सफा, चम्किलो, गोरोपन ल्याई आकर्षक बनाउने उद्योगले जनाएको छ । ओखती तितेपाती सोपले शरिरमा रहेको हानीकारक युक्त जिवाणुलाई नष्टगरि छालामा रहेको दाद एलर्जी हटाउँछ । यसको नियमित प्रयोग हात खुट्टा सुनिने र बाथ रोगको लागि उपयुक्त हुन्छ ।

ओखती ब्युटी सोपमा भएको अलीभ र चिउरीले सुख्खा त्वचालाई नरम एवं चम्किलो बनाइ त्वचालाई स्वस्थ राख्छ । चिउरी निम सोपमा भएको चिउरी र निमले सुख्खा त्वचालाई नरम र चम्किलो बनाउनुका साथै हानिकारक शुष्म जिवाणुलाई नष्टगरि त्वचालाई नरम, चम्किलो र स्वस्थ राख्छ । ओखती रोज सोपमा रहेको भिटामिन, मिनिरल, एन्टिअक्सिडेन्टको प्रयोगले सुख्खा त्वचा बनाउनुका साथै डण्डिफोरलाई हटाई छाला नरम र मुलायम बनाउँछ ।

स्पेशल बाथ सोपमा प्रयोग गरिएका धेरै किसिमका जडिबुटीको समिश्रणले दाद, एलर्जी, दुवीका साथै कपालमा रहेको चायाँ हटाई सफा र चम्किलो बनाउने बताइएको छ । हानिकारक शुष्म जिवाणुलाई नियन्त्रण गर्न, घाउ खटिरा निको पार्न र सुख्खा तथा संवेदनशिल अनुहारका लागि केमोमाईल सोप निकै उपयोगी छ ।

ओखती ब्राण्डका साबुन तथा तेलको प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया आउने गरेको बस्यालले अनुभव सुनाए । ‘एक पटक ओखती ब्राण्ड प्रयोग गरिसकेपछि उहाँहरुले पुनः खोजी खोजी ओखतीलाई नै रोज्ने गरेको पाएका छौं,’ उनले भने ।

ओखती आयुर्बेदिक तेलको माग पनि बजारमा बढ्दै गइरहेको बस्यालले बताए । ‘दाँत दुखेको, टाउको दुखेको, रुघाखोकी, टन्सिल, पिनासका लागि यो तल निकै प्रभावकारी छ,’ उनले भने । तातो पानीमा एक÷दुई थोपा तेल राखेर बाफ लिँदा घाँटी जाम तथा नाक खुलाउँछ । ढाड, कम्मर दुख्दा, घुँडा मर्कदा यसको प्रयोग गर्न सकिन्छ । उद्योगले २१ प्रकारका प्रडक्ट उत्पादन गर्दैै आइरहेको छ । देशभर विभिन्न डिलरमार्फत ओखती ब्राण्ड बिक्री हुँदै आइरहेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.