असारमा ओम मेगाश्री फर्मास्युटिकल्सको सभा बस्ने, यस्ता छन् एजेन्डाहरु…

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सले आफ्नो नवौं वार्षिक साधरण सभा असारमा गर्ने भएको छ । आज बसेको सन्चालक समितिको बैठकले सभा आसार ६ गते बस्ने निर्णय गरेको हो । सभा भरतपुर महानगरपालिका २९ जुगेडी चितवनमा विहान ११ बजे गर्ने जनाएको छ ।

वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आर्थिक वर्ष २०८०\०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरूसहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आर्थिक वर्ष २०८१\०८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समिति गठन गर्ने, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालकको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा निर्धारण गर्ने, वार्षिक साधारण सभाले गरेको संशोधनको सम्बन्धमा नियामक निकायबाट कुनै संशोधन वा हेरफेर गर्न निर्देशन दिएको खण्डमा सोबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण समूहबाट २ जना सञ्चालक निर्वाचन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछन् ।

You might also like

Comments are closed.