काठमाडौं । छोटो समयमा नै नेपाली बजारमा ओमोडा र जेइको गाडी लोकप्रिय बनेका छन् । ओमोडा एण्ड जेइको अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालभर ८ सय भन्दा बढी गाडी बिक्री विरतण गरेको छ । नेपाली सडकमा ८०० भन्दा बढी सवारी साधन गुड्न सफल भएको अवसरमा कम्पनीले खुसी व्यक्त गर्दै उत्सव मनाएको छ ।
काठमाडौंको उत्तरढोका सोरूममा उत्सव कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमाडा एन्ड जेइको अटोमोबाइल्स लिमिटेडको नेपालको लागि आधिकारिक वितरक हो ।
कार्यक्रममा प्रतिष्ठित क्रिकेट खेलाडी एवं ओमाडा एन्ड जेइकोका ब्रान्ड एम्बेसडर दीपेन्द्र सिंह ऐरी, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडा, ग्रुप अध्यक्ष धिरेन तामाङ, महाप्रवन्धक ज्ञानेन्द्र बहादुर चन्द, फाइनान्स महाप्रवन्धक राजेन्द्र तिमिल्सेना, सेल्स एन्ड मार्केटिङ टिम लगायतको सहभागिता थियो ।
नेपाली सडकमा ८००+ सवारी साधन गुडाएर कम्पनीले ग्राहकको विश्वास जितेको छ । ओमोडा एन्ड जेइको नवप्रवर्तन र गुणस्तरमा प्रतिबद्ध रहँदै नेपाली बजारका आवश्यकताअनुसार उत्कृष्ट अटोमोटिभ समाधान दिन निरन्तर काम गरिरहेको कम्पनीले जनाएको छ । ओमाडा एन्ड जेइकोले यो महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुर्याउने सबै ग्राहक, अटोमोटिभ प्रेमी र मिडिया प्रतिनिधिहरू लगायत सबै प्रति आभार प्रकट गरेको छ ।
Comments are closed.